दफा
नजरबन्दको आदेश लागू रहने अवधि

५.१. उपदफा ३.१ बमोजिम कसैलाई नजरबन्दमा राख्ने गरी जारी गरिएको आदेश अगावै खारेज भएमा बाहेक जारी भएको मितिले नब्बे दिनसम्म कायम रहनेछ ।

५.२ उपदफा ५.१ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा नजरबन्दको आदेशको अवधि देहाय बमोजिम हुनेछः
५.२.१ यस ऐन बमोजिम नजरबन्द रहेको कुनै व्यक्तिलाई नब्बे दिन भन्दा बढी अवधिको लागि नजरबन्द राख्न आवश्यक देखिएमा त्यसको कारण र आधार सहित स्थानीय अधिकारीले नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउनु पर्नेछ । नेपाल सरकार, गृह मन्त्रालयले स्थानीय अधिकारीको सुझाव उचित ठहर्‍याइ अनुमोदन गरेमा त्यस्तो आदेश जारी भएको मितिले छ महीना सम्म कायम रहनेछ ।
५.२.२ यस ऐन बमोजिम नजरबन्दमा रहेको कुनै व्यक्तिलाई छ महीना भन्दा बढी अवधिको लागि नजरबन्द राख्नु पर्ने देखिएमा नेपाल सरकार, गृह मन्त्रालयले दफा ७ बमोजिमको सल्लाहकार समितिसँग राय लिनेछ । सल्लाहकार समितिले नजरबन्दको अवधि बढाउन उचित छ भनी राय दिएमा नजरबन्दको आदेशको अवधि त्यस्तो आदेश जारी भएको मितिले बाह्र महीनासम्म कायम रहनेछ ।